खिदिमामा करिब ६२ प्रतिशत मत खस्यो

Halesi Khabar

हलेसी खबर
खोटाङ,१४ मंसिर । खोटाङको साकेला गाउँपालिका वडा न ३ खिदिमाको उप निर्वाचनमा कुल ७९८ मत खसेको छ । कुल मतदाता संख्या १३०३ रहेको उक्त वडामा ६१ दशमलब २४ पञ्तिशत मत खसेको हो । शनिबार बिहान ७ बजेबाट सिद्धेश्वरी माबि ‘क’ र ‘ख’ मतदान केन्द्रमा भएको निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागिता रहेको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्का (झंकार)ले जानकारी दिनु भएको छ ।
निर्वाचनको अवधीकालागि शान्ती सुरक्षा कडा पारिएको छ । मतदान केन्द्र सुरक्षित बनाउन यस्तो गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो । आफै मतदान स्थलमा खटिएका प्रनाउ गौतमका अनुसार चुनाव शान्तीपुर्ण रहेको छ । मतदान सकिएपछि आजै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले जानकारी दिएका छन । मतदानको निर्धारित समय सकिएपछि प्रक्रिया पूरा गरेर मतगणना सुरु हुनेछ । प्रजिअ उपाध्यायका अनुसार करीव राती ११ बजेसम्म नतिजा आइसक्नेछ ।
खिदिमामा तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि उपनिर्वाचन गर्नु पर्ने भएको थियो । वडाध्यक्ष पदकालागि लागि नेकपाका तर्फबाट स्वर्गीय मणिकुमार राईकी धर्मपत्नी शिवकला राई, नेपाली कांग्रेसका तर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीका तर्फबाट रमेश राई र राप्रपाका तर्फबाट इन्द्रबहादुर खड्का उम्मेद्वार छन् ।

तपाईको प्रतिक्रिया