चन्द्रमामा पानी भएको पुष्टि

Halesi Khabar
0 Shares

एजेन्सी, २ असार । चीनले चन्द्रमामा पानी भएको पुष्टि गरेको छ । चन्द्रमामा पठाएको चाङ ई फाइफ ल्यान्डरले संकलन गरेको चट्टानको परीक्षण पछि चीनले यस्तो निष्कर्ष निकालेको हो ।

चिनियाँ वैज्ञानिकहरुले नेचर कम्युनिकेशन नामक म्यागाजिनमा लेखमार्फत् चन्द्रमामा पानी पत्ता लागेको विषय उल्लेख गरेका हुन् । सन् २०२० को डिसेम्बरमा चिनियाँ यान चन्द्रमामा पुगी १.७ केजी चट्टान र माटो संकलन गरी ल्याएको थियो ।

चिनियाँ अध्ययनकर्ताको परीक्षणले पानीका अणुहरु पाइएको उल्लेख गरेका छन् । सुख्खा माटोमा पानीको मात्राबारे समेत लेखेका छन् ।

तपाईको प्रतिक्रिया