कुकुर मारेको भिडियो फेसबुक मार्फत सार्बजनिक गर्नेलाई कार्वाहीको माग

Halesi Khabar
0 Shares

 

भदौ–१६, दिक्तेल नगरबासिले कुकुर मारेको भिडियो फेसबुक मार्फत सार्बजनिक गर्नेलाई कार्वाहीको माग गरेका छन् । बुधवार जिल्ला समन्वय समितिकोे प्राङगणमा यो हो टेलिभिजनले गरेको स्थानिय सरकार कार्यक्रम रेकर्डको क्रममा फेसबुक मार्फत कुकुरको भिडियो हालेर गलत प्रचार गरेको भन्दै कार्वाहीको माग गरेका हुन् ।

कार्यक्रमा मेयरलाई किन भुस्याहा कुकुर ब्यवस्थापन अभियान रोकियो भन्दै दिक्तेल बजारबासी समुन्द्र जोशिले प्रश्न गरेका थिए । जोशिले भने, कुकुरले जिल्लामा आतंक मच्चाएका छन् ब्यबस्थापन अभियान कुनै पनि हालतमा रोक्नु हुदैन ।

यसअघि, वजामा फैलिएका भुस्याहा कुकुर नियन्त्रण गर्न स्थानीयले माग गर्दै आएका थिए । हुलका हुल हिँड्ने भुस्याहा कुकुरले मानिसलाई हिँडडुल गर्न समस्यामा पारेको भन्दै नियन्त्रण गरि दिन कार्यक्रममा वोल्ने बत्ताहरुले नगरपालिकासँग आग्रह गरेका छन् ।

कार्यक्रममा जनताको सामु बोल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले आफुले कुनै गलत नगरेको र भुस्याहाँ कुकुर मार्न हैन कसरी ब्यवस्थापन गर्न सकिन्छ भनेर अभियान सुरु गरेका बताए । मेयर रिजालले भने, आम जनताले कुकुर ब्यबस्थापन गरिदिन आवाज उठाउनु भयो नगरपालिका सदैब जनताको पक्षमा काम गर्दछ ।

यो हो टेलिभिजनका कार्यक्रम प्रस्तोता विक्रम श्रेष्ले आज गरिएको स्थानीय सरकार सम्बन्धि कार्यक्रम आईतबार र बुधबार प्रशारण हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया