खोटाङ, ५ कातिक : विद्युत फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका-६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएकाे छ । गएराति करिब नाैँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईकाे घरमा जडान गरिएकाे विद्युत फल्ट हुँदा उहाँकाे दुईवटा घर जलेर नष्ट भएकाे हाे ।
वैदेशिक रोजगारीकाे सिलसिलामा युके (बेलायत)मा रहनुभएका कृष्णकुमारकाे श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको घरमा गएराति आगलागी भएकाे स्थानीयले बताएका छन् । जस्तापाताकाे छाना तथा ढुङ्गा/माटोले बनेको दुईतले घरमा विद्युतको फल्ट भएर आगलागी भएको प्रहरीकाे प्रारम्भिक अनुमान छ ।
रातकाे समयमा भएकाे आगलागी जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टाेलीले नियन्त्रणमा लिएकाे जेठा छाेरा रम्बाेहाङ राईले जानकारी दिनुभएकाे छ । आगलागीबाट कृष्णकुमारकाे दुईवटा घर तथा घरभित्र रहेको नगद रु २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यन्न, महत्वपूर्ण कागजात लगायत जलेर नष्ट भएकाे जनाइएकाे छ ।
करिब डेढ घण्टा लगाएर नियन्त्रणमा आएकाे आगलागीका घटनाकाे यकिन विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय खाेटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । चाडपर्वकाे समयमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि राई परिवार विचल्लीमा पर्नुभएकाे छ ।
आगलागीमा मानवीय क्षति नभए पनि पुन: स्थापित हुने सम्भावना कम रहेकाे छाेरा रम्बाेहाङले बताउनुभएकाे छ । विस्थापित परिवारलाई पुन:स्थापित गराउन नगरपालिकाकाे तर्फबाट पहल भइरहेकाे जनप्रतिनिधिहरुले बताएका छन् ।


