प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्नै नदिने वकिलहरूको तयारी (तस्वीरहरु)

Halesi Khabar
0 Shares

काठमाडौं, २९ कातिक । सर्वोच्च अदालतका दुवै गेटबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज भित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरूको तयारी छ ।

नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनरत वकिलहरूले आज सर्वोच्चको मूल गेट र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका हुन् । उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले सर्वोच्चका दुवै गेटसम्म आन्दोलनकारी वकिलहरूलाई पुग्न नदिने प्रयास गरेको थियो । तर, प्रहरी घेरा तोड्दै वकिलहरू मूल गेटभन्दा भित्र प्रवेश गरेका छन् ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै बारले उनको राजीनामा मागेको छ । राजीनामा नदिएसम्म आन्दोलन जारी रहने वकिलहरूले बताएका छन् ।
बाह्र खरी

तपाईको प्रतिक्रिया