काठमाडौं । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो । उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो । यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए ।
लोकसेवा विज्ञापन विवादः सर्वोच्चमा सुनुवाई लम्बिएर आइतबार पुग्यो
Halesi
तपाईको प्रतिक्रिया
- १. विद्युत फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङमा दुई घर जलेर नष्ट
- २. सिन्धुली सुमाे दुर्घटना अपडेट : मृतक, बेपत्ता र घाइते सबैकाे पहिचान खुल्याे
- ३. सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता, खोटाङका तीन घाइते
- ४. चेलीका लागि ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान’मार्फत निःशुल्क यातायात सेवा
- ५. शङ्कास्पद अवस्थामा हर्कुको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा
- ६. दशैँ मनाउन घर हिँडेका नौँ वर्षीय बालकको दुर्घटनामा मृत्यु, बुबाआमा गम्भीर घाइते


