क्यानभासमा प्रत्यक्ष चित्र कोर्दै स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारहरु (फोटो फिचर)

Halesi Khabar
0 Shares

खोटाङ, १९ असोज । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रम अन्तरगत शुक्रबार नेपालसहित विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरुले जिल्लाको धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुको प्रत्यक्ष चित्र कोरेका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको लाइभ (प्रत्यक्ष) चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दाबी गरिएको छ ।

 

दिक्तेलस्थित किराँतचोकमा बसेर दिक्तेल बजार प्रवेश गर्ने प्रमुखद्धारको चित्र कोर्नुहुँदै नेपाली चित्रकार विजय थापा ।

किराँत ऐतिहासिकस्थल मझुवागढीमा बसेर सोही गढीको चित्र कोर्नुहुँदै नेपाली चित्रकार रतनकुमार राई ।

दिक्तेलस्थित हाटडाँडामा बसेर वडा नं. ५ लफ्याङ प्रवेश गर्ने ठाउँको प्रत्यक्ष चित्र कोर्नुहुँदै नेपाली चित्रकार लालकाजी लामा ।

किराँत ऐतिहासिकस्थल मझुवागढीमा बसेर सोही कार्यक्रम हेर्न बच्चासहित आएका महिलाको चित्र कोर्नुहुँदै लातभियाका चित्रकार आन्दा पैकाने ।

किराँत ऐतिहासिकस्थल मझुवागढीमा बसेर मझुवागढीको बाहिरी भागको चित्र कोर्नुहुँदै नेपाली चित्रकार बिनिता गुरुङ ।

किराँत ऐतिहासिकस्थल मझुवागढीमा बसेर रावाबेँसी गाउँपालिका–६ पोखरी गाउँको चित्र कोर्नुहुँदै नेपाली चित्रकार एन.बी. गुरुङ ।

खोटाङको दिक्तेलस्थित किराँत ऐतिहासिकस्थल मझुवागढीमा बसेर शुक्रबार धार्मिक तथा पर्यटकीयस्थलहरुको लाइभ (प्रत्यक्ष) चित्र कोर्दै स्वदेश तथा विदेशी चत्रकार ।

तपाईको प्रतिक्रिया