एजेन्सी । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डस्थित एक गोदाममा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । विस्फोटमा परी अन्य ४ सयभन्दा बढी घाइते भएका छन । घाइते हुनेमा गोदामका कामदारका साथै दमकलका कर्मचारी र प्रहरीसमेत रहेका छन् । गोदाममा भएको विस्फोटपछि सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटको कारण खुलेको छैन । विस्फोटपछि लागेको आगो दमकल र सुरक्षाकर्मीले आज बिहान मात्रै नियन्त्रणमा लिएका छन । गोदाममा झण्डै ६ सय मानिसले काम गर्दै आएको बताइएको छ । बंगलादेशमा आगलागीका घटना धेरै हुने गर्दछ । गत वर्ष दक्षिणी सहरमा भएको एक आगलागीको घटनामा परी कम्तीमा ३९ जनाको मृत्यु भएको थियो । गत वर्ष नै राजधानी ढाका नजिकको रुपगञ्ज बजारको कारखानामा आगलागी हुँदा ५२ जनाले ज्यान गुमाएका थिए ।
बंगलादेश गोदाम विस्फोट: मृत्यु हुनेको संख्या ४० पुग्यो
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- २. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ३. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
- ४. साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा
- ५. खोटाङको दुई नाकामा बेलिब्रिज : बङ्शिलाघाटको हटाउन थालियो, फोक्सिङटारको तयारी
- ६. खोटाङको दुई नाकामा बेलिब्रिज : बङ्शिलाघाटको हटाउन थालियो, फोक्सिङटारको तयारी


