युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक (भिडियोसहित) हेर्नुस र एक शेयर गर्नु

Halesi Khabar
0 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको ‘मुर्झिएका सपना’सार्बजनिक भएको हो ।  बुधबार सार्वजनिक गीतमा पौडेलले शब्द कोरेका छन् र्। किरण क्रियशनले यूट्युबमार्फत सार्वजनिक गरेका छन् भने, अमोश तामाङ्गले लयबद्ध गरेको गीतलाई एक्सन रेकडिङ्गले रेकर्ड गराएको हो ।

राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’मा स्वंय गीतकार रमेश पौडेलले अभियन पनि गरेका छन् । गीतमा रमेश पौडेलसहित दर्जन बढि कलाकारको उपस्थिति छ । गीतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राष्ट्रवादी कामहरुको चर्चा गरिएको छ । ओली नेतृत्वको सरकारले गुमेको भुमी नंक्शा संशोधन गरि सार्बजनीक गरेको लगायतका महत्वपूर्णं निर्णय गरेर आम नेपालीलाई राष्ट्रवादी बन्न प्रेरणा दिएको कुरालाई चर्चा गरिएको छ ।

सत्तारुढ दलको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका सह–संयोजक समेत रहेका नेता पौडेलको ‘मुर्झिएका सपना’को भिडियो यस्तो छ हेर्न यहाँ क्लीक गर्नुस ।

तपाईको प्रतिक्रिया