चीनले बनायो हिमाल, पर्वत चढ्ने अति खतरनाक रोबोट

Halesi Khabar
0 Shares

काठमाडौं । भारत चीनसँग सधैं डराउने गरेको छ । यसअघि भएका विभिन्न लडाईँमा हार व्यहोरेको भारतले जसरी पाकिस्तानलाई जवाफ दिन्छ, त्यसरी चीनलाई दिन सक्दैन् ।

चीनले लद्दाखमा भारतविरुद्ध शक्ति देखाउँदै आएको छ । भारतले पटक-पटक वार्ता पनि गरिसकेको छ । अहिले फेरि भारत चीनसँग झस्केको छ ।

चीनले विश्वकै सबैभन्दा ठूलो चार खुट्टा भएको ‘रोबोट याक’ बनाएको हो । यो रोबोट याकले १६० किलोग्रामसम्म तौल उठाउन र १ घण्टामा १० किलोमिटरसम्मको यात्रा गर्न सक्ने चिनियाँ सञ्चारमाध्यमले दाबी गरेका छन् ।

 

चीनको यो ‘मेसिन याक’ ले भारतीय सिमानामा पहाड, हिमाल, पर्वतका बीचमा जासुसी, गस्ती जस्ता गतिविधि गर्न सक्छ र कठिन परिस्थितिमा पनि चिनियाँ सैनिकलाई हतियार आपूर्ति गर्न सक्छ ।

चीनको आधिकारिक साइरन सीसीटीभीको रिपोर्टका अनुसार यो रोबोट विशेष गरी ती ठाउँहरूका लागि डिजाइन गरिएको हो, जहाँ मानिसलाई काम गर्न गाह्रो हुन्छ । जोखिम पनि धेरै छ । सीसीटीभीले यो रोबोट विश्वकै सबैभन्दा ठूलो र भारी भएको दाबी गरेको छ । यो रोबोट वयस्कको तुलनामा आधा अग्लो छ ।

ठूलो आकार भए पनि १६० किलोग्राम उचाल्न र १० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्ने चीनको दाबी छ । रिपोर्टका अनुसार यो याकमा सेन्सरहरू छन्, त्यसले आफ्नो वरपरको क्षेत्र पहिचान गर्न सक्छ ।

यो रोबोटले पहाड चढ्न, खाल्डाखुल्डी र चुचुराहरू पार गर्न सक्छ । यो हिले सडक, घाँस मैदान, मरुभूमि र हिउँ क्षेत्रहरूमा पनि हिंड्न सक्छ । उक्त रोबोट १२ मोड्युलहरू मिलाएर बनाइएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

यो घुम्न, हिड्न र अगाडि पछाडि घुम्न सक्छ । यो रोबोटले पठार, पहाड, मरुभूमि र घना जङ्गलमा सामान्य सवारी साधन चलाउन नसक्ने ठाउँमा समेत सैनिकलाई हात हतियार र खाना पुर्‍याउन सक्ने चीनको दाबी छ । सोही कारण भारत चीनको यस कदमबाट डराएको हो ।

चीनको दाबी छ कि यो रोबोटको सहयोगले शत्रुको क्षेत्रमा लडाईको समयमा सजिलै निगरानी गर्न सकिन्छ । यसबाहेक लक्षित गरिएको लक्ष्यलाई पनि अनुगमन गर्न सकिन्छ ।

सैनिकहरूलाई जान गाह्रो पर्ने ठाउँमा यो सजिलै पुग्छ । चिनियाँ सेनाका विज्ञहरूले निगरानी गर्न सजिलो नभएका क्षेत्रमा पनि रोबोट याकको सहायताले निगरानी गर्न सकिने बताएका छन् । आवश्यक परेमा यी रोबोटबाट हतियार लैजान सकिन्छ ।

यसले नेपालकोपनि टेन्शन बढाएको छ । नेपालसँग धेरैजसो हिमाली भागमा चीनको सीमा जोडिएको छ । जहाँ नेपालको मानवीय निगरानी सम्भव छैन । तर चीनले यो रोबोटबाट निगरानी गर्नसक्ने तनाव भने नेपालमाथी समेत थपिएको छ ।

चीनले मेशिन कुकुर पनि बनाएको छ, जसको नाम मेरिगोल्ड राखिएको छ । यो कुकुर वास्तविक कुकुरको आकारको छ र यसको वजन ३२ किलोग्राम छ । यसले ४० किलोग्राम सामान बोक्न सक्छ ।

तपाईको प्रतिक्रिया