सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको मृत्यु

Halesi Khabar
0 Shares

एजेन्सी। जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको मृत्यु भएको छ । सिरियाबाट भित्रिएका लागुऔषध तस्करलाई पक्राउ गर्न सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारी हिमपात भइरहेका बेलामा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको जोर्डनको सुरक्षा निकायले विज्ञप्ति निकालेर जनाएको छ । घटनापछि ठूलो मात्रामा लागुऔषध फेला पारेको सेनाको दाबी छ ।

तपाईको प्रतिक्रिया