प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित

Halesi Khabar
91 Shares

खोटाङ, ८ फागुन । प्रेस स्वतन्त्रता सेनानी खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित हुनुभएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रा.लि., इटहरीद्वारा सञ्चालित प्रदेश खबर डटकमले सोमबार आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर वरिष्ठ पत्रकार आचार्यलाई सम्मान गरेको हो ।

प्रदेश खबरले सोमबार कोशी प्रदेशमा रहेका आचार्यसहित आठ प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान गरेको छ । प्रेस स्वतन्त्रता सेनानी आचार्य, हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिवबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई सम्मान गरेको हो ।

आठै जना प्रेस स्वतन्त्रता सेनानीलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको छ । वरिष्ठ पत्रकार आचार्य वि.सं. २०३२ सालदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्छ ।

यस्तै, प्रदेश खबरले उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मीलाई पुरस्कृत गरेको छ । उनीहरुलाई जनही नगद रु ११ हजार १५१ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया