खोटाङ, १४ असोज । खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन् । शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको छ । मोबाईलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ट्वाँके माईला भनिने राजु राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । घटनापछि भागेर लुकिछिपि बसिरहेको अवस्थामा अभियुक्तलाई शनिबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
बलात्कृत बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ । बालिकालाई योनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रले प्राथमिक उपचार गरेर अन्यत्र रेफर गरेपछि बालिकालाई रातारात उदयपुर लगिएको दिप्लुङका वडाध्यक्ष सागर राईले बताए । वडाध्यक्ष राईका अनुसार अभियुक्तको नागरिकतामा भने दिपक नाम उल्लेख छ ।
बालिका चिच्याएपछि आफन्तले घटनाका बारेमा जानकारी पाएका थिए । अस्पताल पु¥याएपछि बालिकाको रक्तश्राव रोकिएको प्रहरीले जनाएको छ । अभियुक्त पक्राउका लागि इलाका प्रहरी कार्यालय चिसापानीबाट असईको नेतृत्वमा प्रहरी खटिएको थियो ।
खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. बाह्रै महिना यातायात सञ्चालन गर्न हलेसी तुवाचुङमा २६ जना सडक हेरालु नियुक्त
- २. हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टे : ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्री सुरु
- ३. नेकपाका कोशी प्रदेश सदस्य कार्की घर नजिकैको खोल्सीमा मृत फेला
- ४. साकेलामा आपसी झगडा हुँदा एक जनाको मृत्यु, दाजु र भाइ पक्राउ
- ५. उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित
- ६. आफ्नो उद्गमथलो ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धनमा किरात साम्पाङ राई समुदाय


