खोटाङ, १४ असोज । खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन् । शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको छ । मोबाईलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ट्वाँके माईला भनिने राजु राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । घटनापछि भागेर लुकिछिपि बसिरहेको अवस्थामा अभियुक्तलाई शनिबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
बलात्कृत बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ । बालिकालाई योनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रले प्राथमिक उपचार गरेर अन्यत्र रेफर गरेपछि बालिकालाई रातारात उदयपुर लगिएको दिप्लुङका वडाध्यक्ष सागर राईले बताए । वडाध्यक्ष राईका अनुसार अभियुक्तको नागरिकतामा भने दिपक नाम उल्लेख छ ।
बालिका चिच्याएपछि आफन्तले घटनाका बारेमा जानकारी पाएका थिए । अस्पताल पु¥याएपछि बालिकाको रक्तश्राव रोकिएको प्रहरीले जनाएको छ । अभियुक्त पक्राउका लागि इलाका प्रहरी कार्यालय चिसापानीबाट असईको नेतृत्वमा प्रहरी खटिएको थियो ।
खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत
- २. सुनकोशीको फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानको काम सुरु
- ३. कपासेभञ्ज्याङको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा
- ४. दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन
- ५. साकेला उँधौली चाड : अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामना !
- ६. दिक्तेल रुपाकोट मझुवागढीलाई नाष्टको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’


