आदिवासी जनजाति महासङ्घ खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन

Halesi Khabar
35 Shares

खोटाङ, २० वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बिहीबार सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई पुनः दोश्रो कार्यकालका लागि सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।

सत्र सदस्यीय जिल्ला समन्वय परिषद्को वरिष्ठ उपाध्यक्षमा एलबी मगर पुनः वरिष्ठ उपाध्यक्षमै दोहोरिनुभएको छ । तेश्रो जिल्ला अविशेनबाट वरिष्ठ उपाध्यक्ष चयन हुनुभएका मगर चौथो जिल्ला अधिवेशन सर्वसहमतिममा सम्पन्न गर्दा पुनः वरिष्ठ उपाध्यक्षमै दोहोरिनुभएको नवनिर्वाचित अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ ।

परिषद्को महिला उपाध्यक्षमा पदमकुमारी सैंजू, खुला उपाध्यक्षमा पर्शुराम तामाङ, सचिवमा सप्तमणि राई, सहसचिवमा वीरेन गुरुङ तथा कोषाध्यक्षमा किसन भुजेल चयन हुनुभएको जनाइएको छ । दुई दिनसम्म सञ्चालन भएको अधिवेशनको बन्दसले परिषद्को सदस्यहरुमा निर्मल राई, रविन सुनुवार, सँगीता राई, यादव श्रेष्ठ, चित्रकला भुजेल र भुवन राईलाई चयन गरेको छ ।

परिषद्को दुईजना सहसचिव र दुईजना सदस्य भने, जनसङ्ख्या तथा भूगोलको आधारमा चयन गरिने नवनिर्वाचित सचिव राईले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य एवम् किराँत सेवा समाजका अध्यक्ष ध्यानबहादुर राईले बिहीबार पद तथा गोपानीयताको शफथ ग्रहण गराउनुभएको छ ।

यसैबीच, नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षमा सोनामहाङ राई चयन हुनुभएको छ । दिक्तेलस्थित समीक्षालय हलमा सम्पन्न महासङ्घको दोश्रो जिल्ला अधिवेशनले राईको अध्यक्षतामा २० सदस्यीय जिल्ला समन्वय परिषद् सर्वसहमत चयन गरेको छ ।

जिल्ला समन्वय परिषद्को उपाध्यक्षमा एलिना भुजेल र शर्मिला माझी चयन हुनुभएको भने, सचिवमा लक्ष्मी राई, सह–सचिवमा गंगा मगर, सजिन राई र कोषाध्यक्षमा लमी शेर्पा रहनुभएको छ । सदस्यहरुमा सम्झना राई, जाङबु शेर्पा, फुर्वा शेर्पा, बिमला राई, शुशिला राई, आङनिमा शेर्पा, छिरीङ शेर्पा, तेन्जी शेर्पा, लक्ष्मी शेर्पा, याङडी शेर्पा, ङकी शेर्पा, पाल्जुम शेर्पा, न्यान्सी राई र सन्ध्या मगर रहनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङको चौथो जिल्ला अधिवेशन तथा नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ जिल्ला समन्वय परिषद्को दोश्रो जिल्ला अधिवेशन बुधबार एकैसाथ नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उप–महासचिव रामकृष्ण ब्लोन तामाङले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको मुद्दामा पु¥याएको योगदानको कदरस्वरुप पत्रकार चिसाङ शेर्पालाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ भने, पहिचानको आन्दोलनमा प्रहरी गिरफ्तारमा पर्नुभएका पूर्व पर्यटनमन्त्री गोपाल किराँतीसहित पाँचजनालाई सम्मान गरेको छ ।

विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित आयोजना गरिएको अधिवेशन उद्घाटन कार्यक्रममा महासङ्घको कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे निवासी पसल्ह्वामू शेर्पालाई सम्मान गरिएको छ । सम्मानित शेर्पाले वर्ष दिनअघि महासङ्घको कार्यालय भवन निर्माणका लागि थामखोरेडाँडामा मालपोतको दरभाउअनुसार रु दश लाख दश हजार बराबरको आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया