नारी !

Halesi Khabar
1.7k Shares

शाेभा बुढाथोकी

दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका-७, खाेटाङ

नारी

तिमी विशाल आकृति
र अतुलनीय सम्वेदना र
हिरा जस्तो चम्किलो व्यक्तित्व

अकल्पनीय र अद्भूत
शक्तिको धनी हौ,

यस सारा जगतको प्रतिभासालीनी
लक्ष्मीको रुप लिएर आयौ साक्षात भगवती
यस सुन्दर धरातललाई बचाउन अवला भएर
तिमीलाई कसैले चिन्न सकेनन्
कमजोरी नारी भनेर
तिमी त हौ एकमात्र शक्ति
के छैन तिमीमा तर, पनि तिमीले आफूले आफूलाई निरीह सम्झिन बाध्य भयौ,

यदि तिम्रो अस्तित्व नभएको भए सूर्य ग्रहण पनि निस्तेज हुन्थ्याे हाेला
तिमी अवला भएपनि तिमीमा
शक्ति धारा बगिरहेको छ
तिमी नारी मात्र नभएर
मातृत्वको मापनले ओत पोत छौ !

तपाईको प्रतिक्रिया