रोजगारीमा जानेलाई डलर सटहीमा कडाई, अब दुई सय मात्रै सटही गर्न पाउने

Halesi

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

बैंकले बैंकिङ कार्यालयलगायत सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था तथा इजाजत प्राप्त संस्थालाई उक्त निर्देशन दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया