काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले ३३ किलो सुन प्रकरणको आदेश र फैसलामा संलग्न पाँच न्यायाधीशलाई छानबिनका लागि बिहीबार न्याय परिषद्मा झिकाएका छन्। सर्वोच्च उच्च स्रोतका अनुसार विराटनगर उच्च अदालतबाट काजमा तानिएका न्यायाधीशमा नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी रहेका छन्।
न्याय परिषद्को गत साता विराटनगरमा भएको निरीक्षणका क्रममा प्राप्त गुनासा र उजूरीका आधारमा उनीहरुलाई छानबिनका लागि तानिएको हो।