परम्परागत मान्यता तोड्दै सांसद उषाकलाले गरिन् कपाल मुण्डन, पुर्व कानुनमन्त्री तामाङले भने-तपाईं महान हुनुहुन्छ (सम्मानको लागि शेयर गरौं)

Halesi

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभा सदस्य माननीय उषाकला राईलाई मातृशोक परेको छ । राईकि ममतामयी आमा लक्ष्मी राईको निधनले उनी मातृशोकमा परेकि हुन् । उनको आमाको काठमाडौं ग्राण्डी अस्पतालमा निमोनियाको उपचारको क्रममा ७५ वर्षको उमेरमानिधन भएको हो । पुर्व कानुनमन्त्री शेर बहादुरकी पत्नी समेत रहेकि राई आफ्नो आमाको निधनपछि आफैं केश काटेर किरिया बसेकि छिन् । नेपाली समाजमा आफ्नो बाबु आमाको मृत्यु पछि छोरो मान्छेमात्रै किरियामा बस्नु पर्ने मान्यता तोड्दै उनी आफैं केश काटेर किरिया बसेकि हुन्।

उनका श्रीमान पूर्व कानूनमन्त्री तामाङले फेसबुक स्टाटस मार्फत भनेका छन् –‘उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो ।’ आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानूनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।

तपाईको प्रतिक्रिया