पाँचथर। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भरोसा गर्न आग्रह गरेका छन् । भेडेटार राँके सडक खण्डको कालोपत्रेको शिलान्यास गर्न इलाम पुगेका ओलीले सो कुरा बताएका हुन् । उनले पाँचथर र इलाम जस्ता पहाडी जिल्लाबाट आधुनिक नेपालको सुरुवात हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने,‘अब पहाडबाट विकासको गति तीब्र गतिमा बढेको छ। ‘सरकारले नयाँनयाँ कामको सुरुवात गरेकाले ढुक्क भएर बस्न ओलीले आग्रह गरे। ‘सरकारप्रति पूर्ण रुपमा भरोस गर्नहोस्,’अब नेपाली जनताले अभावमा बस्नु पर्दैन।’
समाजिक सुरक्षा भत्ता सरकाले वृद्धि नगरेको भन्दै विपक्षीले धेरै आलोचना गरेको भन्दै ओलीले सामाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम तत्कालिन एमालेले ल्याएकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताए।