रेशम चौधरीले आज सपथग्रहण लिँदै

Halesi

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्। आज सभामुखको सिंहदरबारस्थित कार्यकक्षमा सपथग्रहण हुन लागेको सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव डिल्ली मल्लले जानकारी दिए।

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका छैनन्। राजपाले चौधरीविरुद्धको मुद्दा फिर्ता लिई संसद छिर्ने वातावरण नबनाए वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ।

तपाईको प्रतिक्रिया