एजेन्सी । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डस्थित एक गोदाममा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । विस्फोटमा परी अन्य ४ सयभन्दा बढी घाइते भएका छन । घाइते हुनेमा गोदामका कामदारका साथै दमकलका कर्मचारी र प्रहरीसमेत रहेका छन् । गोदाममा भएको विस्फोटपछि सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटको कारण खुलेको छैन । विस्फोटपछि लागेको आगो दमकल र सुरक्षाकर्मीले आज बिहान मात्रै नियन्त्रणमा लिएका छन । गोदाममा झण्डै ६ सय मानिसले काम गर्दै आएको बताइएको छ । बंगलादेशमा आगलागीका घटना धेरै हुने गर्दछ । गत वर्ष दक्षिणी सहरमा भएको एक आगलागीको घटनामा परी कम्तीमा ३९ जनाको मृत्यु भएको थियो । गत वर्ष नै राजधानी ढाका नजिकको रुपगञ्ज बजारको कारखानामा आगलागी हुँदा ५२ जनाले ज्यान गुमाएका थिए ।
बंगलादेश गोदाम विस्फोट: मृत्यु हुनेको संख्या ४० पुग्यो
Halesi Khabar

तपाईको प्रतिक्रिया
- १. दिक्तेल रुपाकोट मझुवागढीको वार्षिक बजेट रु ८६ करोड
- २. रावाबेँसीको वार्षिक बजेट ३८ करोड ३९ लाख
- ३. केपिलासगढीद्धारा रु ३६ करोड ८२ लाख बजेट प्रस्तुत
- ४. साकेलाको वार्षिक बजेट रु ३४ करोड ५६ लाख
- ५. हलेसी तुवाचुङले ल्यायो रु ६४ करोड ५८ लाखको वार्षिक कार्यक्रम
- ६. दिप्रुङ चुइचुम्माको बजेट रु ६० करोड ६९ लाख ३९ हजार