काठमाडौं । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो । उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो । यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए ।
लोकसेवा विज्ञापन विवादः सर्वोच्चमा सुनुवाई लम्बिएर आइतबार पुग्यो
Halesi

तपाईको प्रतिक्रिया
- १. साकेलामा शिविरमार्फत रु ५५ लाख सामाजिक सुरक्षाभत्ता वितरण
- २. नुनथला बस दुर्घटना : सातजना घाइते, सबैजनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुँदै
- ३. खोटाङको पहिचान : ‘घङ्गरुको लौरो’ लोप हुने अवस्थामा !
- ४. विद्यार्थीले विद्यालयमा लगाएको ताला पाँच दिनपछि खोलियो
- ५. दिप्रुङ चुइचुम्मामा जेष्ठ नागरिकलाई जाडो छल्न सिरक वितरण
- ६. उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै पत्रकार महासंघले जनायाे ध्यानाकर्षण