काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई सूचना दिन समय लगाएको भन्दै स्पष्टीकरण सोधेको छ ।
स्टकका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलका अनुसार बैंकको ३४ औँ साधारणसभा यही फागुन २७ गतेका लागि तोकिएको र धितोपत्र दर्ता बन्द यही फागुन १४ गते हुने भन्ने पत्र सात दिन पहिले पठाउनुपर्नेमा त्यस्तो नभएको पाइएको छ ।
सात दिनभित्र जानकारी गराउनु पर्नेमा के कति कारणले सोको जानकारी ढिला भएको हो ? सो को कारण पत्र प्राप्त गरेको २४ घण्टाभित्र उपलब्ध गराउन स्टकले बैंकलाई पत्राचार गरेको छ ।