मधेशमा राष्ट्रपतिले गरिन् बेटी बचाउ अभियानको सुरुवात

Halesi

काठमाडौं । दुई नम्बर प्रदेश सरकारले घोषणा गरेको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तरगत छोरी शिक्षा विमा कार्यक्रमको आज शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज वीरगन्जमा ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको शुभारम्भ गरिन् । उनले प्रभु बैंक लिमिटेडमा खाता खोलिएका वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्मका १४ शिशुका अभिभावकलाई बैंकको खातासम्बन्धी कागजात हस्तान्तरण गरेकी थिइन् ।

प्रदेश नं २ सरकारले अभियानका लागि आर्थिक वर्ष २०७५र७६ मा करीब ८९ करोड विनियोजन गरिसकेको छ । अभियानको शुभारम्भ गरेपछि राष्ट्रपति भण्डारीले राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

महिलाले सामाजिक, आर्थिक र राजनीतिकलगायत क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने गरेको बताउँदैै उनले दाइजोजस्ता कुरीति समाप्त पारी छोरी, बुहारी एवं महिलाप्रति सम्मान गर्ने समाज निमार्णमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया