बालिकालाई बलात्कार गरि भारतमा लगेर गर्भपतन गराउँने पक्राउ

Halesi

धरान । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीमा १४ वर्षिय बालिकालाई बलात्कार गरी चार महिनाको गर्भपतन गराएको आरोपमा एकजना पक्राउ परेका छन् । बालिकालाई धम्की दिई बलात्कारपछि गर्भपतन गराएको आरोपमा चिरौलीका ३० वर्षिय राजकुमार साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो।

साहले छिमेककी ती बालिकालाई डरधम्की दिएर पटक पटक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। बालिका गर्भवती भएपछी साहले भारतको बिहार राज्यस्थित सुपौल जिल्लामा लगेर गर्भपतन गराएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया