काठमाडौं । नेपाल पानी जहाज कार्यालयले विभिन्न सञ्चारमाध्यमहरुमा आएको समाचारप्रति आपत्ती जनाएको छ । सञ्चारमाध्यमहरुले पानी जहाज कार्यालय स्थापना भएपनि कर्मचारी नभएको समाचार लेखेपछि मंगलबार
कार्यालयले कर्मचारी रहेको जानकारी गराउँदै एक विज्ञप्ति निकालेको छ ।
विज्ञप्तिमा कार्यालयका निमिक्त रजिष्टार अमृतमणि रिमालले फागुन २ गतेदेखि नै ११ जना कर्मचारीहरुले विधिवत रुपमा काम गर्दै आएको उल्लेख गर्दै अन्य कुराहरुको पनि जानकारी चाहिए एकान्तकुनास्थित कार्यालयमा आउन भनिएको छ ।
हेर्नुस् प्रेस बिज्ञप्ती