काठमाडौँ । चर्चित लोक गायक पशुपति शर्माको व्यंग्यात्मक गीतलाई दबाब दिएर हटाउन लगाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएकको छ । स्वतन्त्र नागरिकको नाममा गीत ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ माइतीघरमा घन्काइएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवाहरु र सरकारका अधिकारीको दबाबमा युट्युबबाट हटाउन बाध्य पारिएको भन्दै यो ती माइतीघरमा बजाएर प्रदर्शन गरिएको हो ।