प्रधानमन्त्री ओली र प्रचण्ड किन जाँदैछन् सुदूरपश्चिम ?

Halesi

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिएको हो ।

यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि प्रधानमन्त्री र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले पनि सम्बोधन गर्ने नेकपा प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया