भोक

Halesi
0 Shares

ओमप्रकाश घिमिरे(अटल क्रान्तीकारी)

अचेल भोक
एकछाक मासुभात

अलिकती आश्वासन मा
लपक्कै भिज्ने भएको छ ।

अचेल भोक
चेतनाबाट जुलुसमा
पुग्न नसक्ने भएको छ
पेटिबाट सडकमा ओर्लन
नसक्ने भएको छ ।

अचेल भोक
कलमबाट अक्षर सम्म
पुग्न नसक्ने भएको छ
भोक सार्है अल्छे भएको छ
भोक त्यसैले कमजोर पनि भएको छ ।

भोक ले माटो खाएको छ
आफ्नै रगत चुसेको छ
तर पनि भोक बोलेको छैन
चेली लुटेको देखेको छ
आमा बेचेको देखेको छ
त्यै पनि भोक
चुपचाप छ
भोकले संघर्ष गर्न छाडेको छ ।
त्यसैले त जुकाहरू
अझै मोटाउदै गइरहेको देखिन्छ्न ।

 

तपाईको प्रतिक्रिया