–चित्रकुमार सुवेदी
उहिले
शिवजीले भन्नुभो
गणेश, कुमार
जाउ घुमेर आउ पृथ्वी
बुझेर आउ
मान्छेको र प्रकृतिको अवस्था
कुमार कुदीहाले मयुर चढेर
उनी फुर्तीला, जाँगरिला
कामप्रति इमान्दार र बफादार
अर्कोे गणेश
झन उसको बाहन मुसो
ठूलो भुँडी खाँदाखाँदा बढेको
मुसाले बुद्धी सिकायो
घुमेको घुमेकै ग¥यो
शिव र पार्वतीलाई
पिता भनेनी
माता भनेनी
पृथ्वी भनेनी
संसार भनेनी
हजुरहरु
शिव र पार्वती प्रशन्न भएर
आर्शिवाद दिए
नाम दिए
इनाम दिए
अल्छेको नाम
काम गर्ने हेरेको हे¥यै
आज पनि
सम्मानित छन् हाम्रो समाजमा
अल्छे गणेशहरु
अपमानित छन्
दूर दराजमा काम गर्ने कुमारहरु
यो त
यसपल्ट पनि देखियो
कर्मचारी समायोजनमा
नेपाल हैन
सिंहदरवार घुम्नेहरु
सम्मानित भएका छन्
गाउँगाउँमा काम गर्नेहरु
अपमानित भएका छन्
यस्ते चाल हो भने
कसरी बन्छ समृद्ध मूलुक ।।
समायोजन
Halesi
तपाईको प्रतिक्रिया
- १. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- २. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ३. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ४. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ५. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
- ६. साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा


