रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने जग्गादाताको चेतावनी

खोटाङ, ३० वैशाख । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने चेतावनी दिएका छन् । रावा ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सझौताअनुसार मुआब्जा नदिएको भन्दै स्थानीय जग्गादाताले मङ्गलबार ...

दिक्तेलमा पुस दोस्रो साता ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गरिने

खोटाङ, २९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गर्ने भएको छ । कोशी प्रदेश सरकारले प्रदेश पर्यटन वर्ष मनाउन गइरहेकाले ...

बराहपोखरीमा ४१ वटा योजना सम्पन्न, कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च

खोटाङ, २६ वैशाख । बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएको पाइएको छ । गाउँपालिकाले वैशाख–२५ गते सार्वजनिक सुनुवाइ गर्दै सम्झौता गरिएकोमध्ये २६ वटा योजना सम्पन्न हुन ...

बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो खोटाङमा पुनः निर्माणका लागि बजेट

खोटाङ, १० वैशाख । बाढी तथा पहिरोले क्षति गरेको भौतिक संरचना पुनः निर्माणका लागि कोशी प्रदेश सरकारले खोटाङमा रु चार करोड ५६ लाख ५५ हजार बजेट उपलब्ध गराएको छ । वि.सं. २०८१ असोज–१२ गते आएको बाढी तथा पहिरोले क्षति गरेको भौति...

साप्सुखोला सुकाएर जलविद्युत उत्पादन, सम्बन्धित निकाय मौन  

खोटाङ, ८ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत आयोजनाक...

खोटाङका ९६ प्रतिशत घरमा विद्युत पुग्यो, पूर्ण विद्युतीकरण गर्न रु पाँच करोड आवश्यक

खोटाङ, ७ वैशाख । दश स्थानीय तह रहेको खोटाङका ९६ प्रतिशत घरधुरी उपभोक्ताले विद्युत उपभोग गरेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण खोटाङले गरेको सर्वेक्षण अनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रशारण लाइन तथा दश प्र...

‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न, स्थानीयवासी उत्साहित

खोटाङ, २ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसर पारेर नगरपालिकाले वैशाख–१ र २ गते पर्यटकीयस्थल हुर्लुङमा ...

बाढीले बगाएको फोक्सिङटार पुल : सात महिनापछि पुनः निर्माण गर्न बजेट सुनिश्चित

खोटाङ, ३० चैत । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज–१२ गते सुनकोशी नदीम...

जनप्रतिनिधिका लागि ‘आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी अभिमुखीकरण

खोटाङ, ८ चैत । प्रदेश योजना आयोग, कोशी प्रदेश विराटनगरले शुक्रबार खोटाङको दिक्तेलमा ‘प्रदेशस्तरीय आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको छ । प्रदेशस्तरीय आयोजनाको पहिचान गर्ने, प...

डढेलोले दुर्छिममा चार घर तथा दुई मटान जल्यो, डढेलो अझै नियन्त्रण बाहिर

खोटाङ, ८ चैत । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा डढेलोबाट चार घर तथा दुई मटान जलेर नष्ट भएका छन् । दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर रा...