बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो खोटाङमा पुनः निर्माणका लागि बजेट

Halesi Khabar

खोटाङ, १० वैशाख । बाढी तथा पहिरोले क्षति गरेको भौतिक संरचना पुनः निर्माणका लागि कोशी प्रदेश सरकारले खोटाङमा रु चार करोड ५६ लाख ५५ हजार बजेट उपलब्ध गराएको छ । वि.सं. २०८१ असोज–१२ गते आएको बाढी तथा पहिरोले क्षति गरेको भौतिक संरचना पुनः निर्माणका लागि मर्मत सम्भार तथा पुनः निर्माण कोषको सिफारिसको आधारमा कोशी प्रदेश सरकारले बजेट उपलब्ध गराएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोले क्षतिग्रस्त सामुदायिक विद्यालय, ग्रामीण सडक, झोलुङ्गे पुल, खानेपानी र सिँचाइ योजना पुनः निर्माणका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराएको जनाइएको छ । बाढी तथा पहिरोले क्षति गरेको सात महिनापछि आएको बजेट यसै आर्थिक वर्षको असार मसान्तभित्र खर्च गर्नेगरी प्रदेश सरकारले बजेट उपलब्ध गराएको हो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईको पहलमा ४३ वटा योजनाका लागि रु तीन करोड १७ लाख बजेट प्राप्त भएको छ । यस्तै, सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’को पहलमा ४५ वटा योजनाका लागि रु एक करोड ३९ लाख ५५ हजार बजेट प्राप्त भएको जनाइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत जालपा–कादेल–बाक्सिला सडक ग्राभेलका लागि रु सात लाख, दिक्तेल–जाल्पा–ऐँसेलुखर्क जोड्ने सडकका लागि रु सात लाख, बानाचुङदेखि दोवेला हुँदै साकेला गाउँपालिका जोड्ने सडकका लागि रु सात लाख, किरात चोकदेखि आहाल डाँडा खेल मैदान जोड्ने सडकका लागि रु सात लाख, भाड्बँेसी हलेसी सडकका लागि रु सात लाख, हरेलोडाँडादेखि सन्सारीडाँडा हुँदै बङ्गुर फर्मबाट गुप्तेश्वर सडक मर्मतका लागि रु दश लाख, आहाले–लिपेदोभान–राजापानी–महभिर–रेग्मीटारका लागि रु सात लाख बजेट विनियोजन भएको छ ।

यस्तै, दिक्तेल–साप्सुखोला–मात्तिम–मनेभञ्ज्याङ–पाँचधारे सडकका लागि रु सात लाख बाँझेच्यानडाँडा रतन्छा मानेभन्ज्याङ काल्चिनखोला सडकका लागि रु सात लाख, कालापानी ठूलीबेँसी खोटाङबजार सडकका लागि रु सात लाख, डुम्रीबोटे–रुम्दु–फोक्सिङटार सडकका लागि रु सात लाख बजेट प्राप्त भएको छ । धाप्लाङ धर्तुङ बराहपोखरी सडकका लागि रु सात लाख, साउनेचउरदेखि बन्दुवा आसावाला फोक्सिङटार सडकका लागि रु २० लाख, धप्लाङघाट माङ्सिङटार खाप्ताङ सडकका लागि रु सात लाख, आहाले साप्सुखोला रातमाटा कोटगाउँ सडकका लागि रु १२ लाख, तावाखोला टेम्मा याम्खा पञ्चमी सडकका लागि रु १३ लाख, ढाडेखोलादेखि पुरानागाउँ जोड्ने सडकका लागि रु सात लाख बजेट प्रदेश सरकारबाट प्राप्त भएको जनाइएको छ ।

टुवाखोला दिहुँ जनसेवा मावि हुँदै छितापोखरी सडक मर्मतका लागि रु दश लाख, पञ्चमी–टुवाखोला–रोक्सिङ सडकका लागि रु १३ लाख, चिसापानी छिमवा भञ्ज्याङखर्क सडकका लागि रु सात लाख, चिसापानी बङ्शिलाघाट सडकका लागि रु दश लाख बजेट विनियोजन भएको छ । सन्सारीडाँडा बगरेभञ्ज्याङ सडक मर्मतका लागि रु सात लाख, सिन्ताङ खुन्द्रे जन्तेढुङ्गा सडकका लागि रु आठ लाख, बाक्सिला–र्खााम्छा–फेदी–धोन्द्रे सडकका लागि रु आठ लाख, बाक्सिला खत्रीगााउँ दिप्सुङ बाहाने सडक मर्मतका लागि रु सात लाख बजेट प्राप्त भएको छ ।

सुन्तले–माकापु–लुवाङ सडक मर्मतका लागि रु सात लाख, जुगेबारी फूलपाती प्रावि स्कूल गिरी गाउँ दलित बस्ती हुँदै स्वास्थचौकी पाथेका जाने सडकका लागि रु सात लाख, बिजुले– बुइपा–बाम्राङ दिक्तेल सडकका लागि रु आठ लाख, ऐँसेलुखर्क साबिक ५ वडादेखि साबिक ४ र ६ हुँदै स्वास्थ्यचौकी जाने सडकका लागि रु सात लाख बजेट आएको जनाइएको छ ।

यसैगरी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दुदिले–खानामा सडकका लागि रु सात लाख, हलेसी तुवाचुङ नगरपालिका चिप्टार झोलुङ्गे पुलका लागि रु सात लाख, डिकुवा नर्सरी झोलुङ्गे पुलका लागि रु सात लाख, चारबोटे झोलुङ्गे पुलका लागि रु सात लाख, कुर्लेघाट झोलुङ्गे पुलका लागि रु सात लाख बजेट प्राप्त भएको छ । हलेसी तुवाचुङ बतासेघाट झोलुङ्गे पुलका लागि रु सात लाख, लैकुघाट झोलुङ्गे पुलका लागि रु सात लाख, गोडेली झोलुङ्गे पुलका लागि रु सात लाख, हैदे झोलुङ्गे पुलका लागि रु सात लाख, धाप्लाङ झोलुङ्गे पुलका लागि रु सात लाख, बाराहापोखरी बन्सिलाघाट झोलुङ्गे पुलका लागि रु सात लाख, बतासे भाडारे झोलुङ्गे पुलका लागि रु सात लाख र कम्फु झोलुङ्गे पुलका लागि रु सात लाख बजे विनियोजन गरिएको हो ।

सामाजिक विकास मन्त्रालय अन्तरगत मेवाखोला दुब्लाखा दोभान साकेला कुलो सिंचाई योजनाका लागि रु पाँच लाख, काउलेखोला छासुम खोला सिँचाई योजनाका लागि रु पाँच लाख, नुरेखोला महलेखेत सिँचाई योजनाका लागि रु तीन लाख, ढोडेखोलादेखि पापेरोडाँडा सिँचाइ योजनाका लागि रु तीन लाख बजेट प्राप्त भएको छ । दशमुरे सिँचाइ कुलोका लागि रु पाँच लाख, दिक्तेल बहुमुखी क्याम्पस पर्खाल निर्माणका लागि रु तीन लाख, भोटेकुलो सिँचाई योजनाका लागि रु पाँच लाख, लैकुसेरा कटहरे कुलो सिँचाइ योजनाका लागि रु पाँच लाख, बाझगरा कुलो सिँचाइ योजनाका लागि रु पाँच लाख, रेग्मिटार सिँचाइ कुलो योजनाका लागि रु चार लाख बजेट प्राप्त भएको छ ।

लैकुखोला गैयाटार सिँचाइ कुलो योजनाका लागि रु तीन लाख, लप्से पञ्चमी सिँचाई योजनाका लागि रु तीन लाख, माटीकोरे देवाली थान पहिरो नियन्त्रणका लागि रु चार लाख, चम्पावती मा.वि. पहिरो नियन्त्रणका लागि रु पाँच लाख, खडेन्द्र राई घर छेउ पहिरो रोकथामका लागि रु नौँ लाख बजेट प्राप्त भएको छ । शुक्रबारे खानेपानी योजनाका लागि रु १५ लाख, सारालुङ खानेपानी योजनाका लागि रु दुई लाख ५० हजार, खार्ताम्छा खानेपानी योजनाका लागि रु दुई लाख ३० हजार, पोखरी खुवाबुङ खानेपानी योजनाका लागि रु दुई लाख, खत्रीगाँउ खानेपानी योजनाका लागि रु दुई लाख, सुङदेल खानेपानी योजनाका लागि रु एक लाख लप्सेखोला खानेपानी योजनाका लागि रु दुई लाख ५० हजार, छिवा खानेपानी योजनाका लागि रु दुई लाख ५० हजार, भोर्लेनी खानेपानी योजनाका लागि रु एक लाख ५० हजार बजेट प्राप्त भएको छ ।

रावाबेँसी दूधकोशीको पानी लिफ्टिङ खानेपानी योजनाका लागि रु एक लाख ५० हजार, डुम्रेधारापानी राजापानी योजनाका लागि रु दुई लाख ५० हजार, गङ्गटेखोला मुहान गरी कम्पुघाट खानेपानी योजनाका लागि रु दुई लाख, लङ्खा खानेपानी योजनाका लागि रु दुई लाख, रावुखोला लिफ्टिङ खानेपानी योजनाका लागि रु दुई लाख ५० हजार बजेट विनियोजन भएको जनाइएको छ । यस्तै, ताकमारे खानेपानी योजनाका लागि रु दुई लाख, कुन्तीखोला खानेपानी योजनाका लागि रु एक लाख, घोर्लेखोला खानेपानी योजनाका लागि रु एक लाख ५० हजार, ढाँडे खानेपानी योजनाका लागि रु एक लाख, नङ्ग्रेखोला खानेपानी योजनाका लागि रु एक लाख ५० हजार, करिखोला खानेपानि योजनाका लागि रु एक लाख, चिप्रिङ सिम्पानी खानेपानी योजनाका लागि रु एक लाख ५० हजार बजेट प्रदेश सरकारबाट प्राप्त भएको हो ।

यसैगरी, सगरमाथा आधारभूत विद्यालय खाल्लेका लागि रु चार लाख ७५ हजार, चम्पावती मावि बुइपाका लागि रु नौँ लाख, मालिकादेवी आधारभूति विद्यालय केपिलासगढी–५ का लागि रु दुई लाख ५० हजार, जनजागृती आधारभूत विद्यालय दिप्रुङ चुइचुम्मा–७ का लागि रु चार लाख, गंगा जमुना आवि केपिलासगढी–१ का लागि रु दुई लाख ५० हजार बजेट प्राप्त भएको छ । जल्लेवरी आधारभूत विद्यालय अर्खौलेका लागि रु चार लाख ७५ हजार, मनोकामना जनकल्याण मावि निर्मलीडाँडाका लागि रु एक लाख २० हजार, कलङ्का आधारभूत विद्यालय च्यास्मिटारका लागि रु दुई लाख ५० हजार र सालपादेवी आधारभूति विद्यालय लफ्याङका लागि रु चार लाख ७५ हजार बजेट प्राप्त भएको हो ।

बाढी तथा पहिरोबाट क्षतिग्रस्त योजना पुनः निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयन सम्बन्धित विभागले गर्ने जनाइएको छ । दुई नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लामा बाडी तथा पहिरोले क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माणका लागि ढिलै भएपनि बजेट प्राप्त भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया