काँग्रेसको महाधिवेशनको निर्णय यथास्थितिमा राख्न आयोग र पार्टीलाई शशांकको पत्र

Minakshi Rai

खोटाङ, २५ साउन । नेपाली कांग्रेसका नेता शशांका कोइरालाले पार्टीको महाधिवेशनका निर्णय र गतिविधि यथास्थितिमा राख्न माग गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्र लेख्नुभएको छ ।

सर्वोच्च अदालतको निस्सालाई आधार मानेर कोइरालाले पत्र लेख्नुभएको हो ।

पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दूरगामी निर्णयहरू नगर्न र विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया