खोटाङको दुई नाकामा बेलिब्रिज : बङ्शिलाघाटको हटाउन थालियो, फोक्सिङटारको तयारी

खोटाङ, २८ वैशाख । खोटाङलाई पूर्वी तराईसँग सिधा यातायात सम्पर्कमा जोड्ने सुनकोशीस्थित बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाउन थालिएको छ भने, फोक्सिङटारको तयारी गरिएको छ । केही दिनदेखि निरन्तर वर्षा भएसँगै सुनकोशीमा पानीको बह...

लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ, २४ वैशाख : केपिलासगढी गाउँपालिकाले आगामी जेठ पहिलो साता भीर मौरीको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव आयोजना गर्ने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, ...

हलेसी तुवाचुङले काठमाडौँबाट विस्थापित नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने

खोटाङ, २४ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ लगायतका विभिन्न शहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लाका सुकुमवासी बस्तीमा डोज...

कवि, लेखक तथा पत्रकार किरातीलाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’

खोटाङ, २३ वैशाख । सात वर्षअघिदेखि खोटाङमा नियमित प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले यस वर्ष कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई पुरस्कृत गर्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिकालाई आधारभूमि बनाएर नियमि...

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण पेस गर्न स्थानीय तहलाई प्रशासनको पत्र

खोटाङ, २२ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र प्रशासन कार्यालयमा पेस गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई लिखित रुपमा पत्राचा...

ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम

खोटाङ, २० वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिलालाई उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम दिइएको छ । ग्रामीण भेगमा बसोवास गर्दै आएका महिलालाई लक्षित गरेर कालिका वडास्तरीय महिला समूहको आयोजना तथा दिक्तेल रुप...

‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित

खोटाङ, २० वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क...

साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !

खोटाङ, १८ वैशाख । किरात समुदायको महान् चाड ‘साकेला उँभौली’ आजदेखि औपचारिकरूपमा सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली साकेला चाड मनाउने गर्छन् । साकेला उँभौल...

कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन

खोटाङ, १६ वैशाख । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्‌लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित धरानमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी...

यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह

खोटाङ, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमा अनावरण तथा यलम्बर पार्क (उद्यान) उद्घाटन कार्यक्रम तत्काललाई स्थगित गर्न आग्रह गरे...