एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, विद्यादेवी भण्डारी वरिष्ठ नेता मनोनित

Minakshi Rai
।

खोटाङ, ८ असोज । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सकिएको छ । ललितपुरको रामबाग महलमा चार दिनदेखि जारी बैठक बिहीबार सकिएको हो ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बैठकले विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरेको छ । पूर्वराष्ट्रपति भण्डारीलाई दोस्रो वरियतामा रहनेगरी वरिष्ठ नेता मनोनित गरिएको महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, बैठकले ११ औं महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनित हुन बाँकी केन्द्रीय सदस्यहरू मनोनित गरेको छ भने ७ जना स्थायी कमिटी सदस्य चयन गरेको हो ।

बैठक समापन गर्नुहुँदै अध्यक्ष ओलीले नेकपा एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी हो भन्ने कुरा तेस्रो केन्द्रीय कमिटीमा पनि प्रकट भएको औंल्याउनुहुँदै सबै केन्द्रीय कमिटी सदस्यहरूप्रति आभार व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया