१७ भदौ, खोटाङ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिनुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिनुभएको हो ।
यस्तै उहाँले विपद् व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको जानकारी पनि दिनुभएको छ ।
प्राधिकरणलाई पठाइएको उक्त १ अर्ब रुपैयाँमध्येबाट हालसम्म विभिन्न १५ वटा पालिकाका नाममा ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको उहाँले बताउनुभएको छ ।


