१७ भदौ, खोटाङ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकार सामाजिक सञ्जालमा अल्झिएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सरकार संवेदनशिल बन्न नसकेको र सरकार हल्लामा लागेको बताउनुभएको हो ।
सुरुवाति ७२ घण्टा महत्त्वपूर्ण हुने भए पनि सरकारले ध्यान नदिएको उहाँको भनाइ थियो उहाँले प्रश्न गर्नुभयो, ‘सरकारको असंवेदनशिलता र ढिलाइका कारण सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ?’
अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएकोप्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ । अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ,’ उहाँले भन्नुभयो, ‘समयक्रममा यो अझै बढ्न सक्छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाका खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’


