हलेसी खबर
खोटाङ, ३ पुस । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडामा २५० क्विन्टल खाद्यन्न वितरण गरिएको छ । नेपाल बौद्ध महायान केन्द्र गोन्पा कपनले कोभिड–१९ बाट प्रभावित घरपरिवारलाई खाद्यन्न तथा नुन तेल वितरण गरेको हो ।
नेपाल बौद्ध माहायान केन्द्र गोन्पा गुम्बा तथा बौद्ध बिकास समितिका अध्यक्ष जिक्डोल लामाको नेतृत्वमा आएको टोलिले हलेसी तुवाचुङ नगरपालिका डिकुवाको ४ सय ३० घर र बाहुनीडाँडाको ५ सय २० घरपरिवारलाई सहयोग उपलब्ध गराएको नगरपालिकाका उपमेयर बिमला राईले जानकारी दिएकी छन् । बौद्ध माहायान केन्द्रले प्रत्येक घरपरिवारलाई एक लिटर खानेतेल र एक केजी प्याकेटको नुन वितरण गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईको विशेष पहल र गोन्पाको आर्थिक सहयोगमा खडेरी पिडित, कोरोना प्रभावित, अति विपन्न परिवारलाई राहत वितरण गरिएको जनाईएको छ ।


