हलेसी खबर
हलेसी तुवाचुङ, २८ मंसिर । विश्वकाे एकमात्र त्रिधार्मिक स्थल हलेसीमा बालाचतुर्दशी मेला लागेकाे छ। हिन्दु, बाैध र किरात धार्मिक समुदायकाे अास्था र विस्वास रहेकाे यस ठाऊँमा हिन्दु धर्मावलम्बि भक्तजनहरुकाे मेला लागेकाे हाे।
हरेक बर्षकाे बालाचतुर्दशीमा लाग्दै अाएकाे मेला यस बर्षपनि ऐतिहासिक रुपमा लागेकाे हलेसी हादेव विकास समितिले जनाएकाे छ। यहाँ स्थित हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राई प्रमुख कर्ता रहेर गरिएकाे पुजा अारधानामा दुईजना बालपुजारीले गहना पहिराएर र पुजा अारधाना गरेका छन् ।
बालपुजारीले विधि सम्मत पुजा अाजाका लागि गहना पहिराउन लाग्दा मेयर राईले समेत हात अगाडि बढाएकाे प्रत्यक्ष दर्शीले जनाएका छन्। हलेसी महादेवकाे पुजा गर्दा याे कुरा भाे शाेभनीय नभएकाे स्थानीयकाे भनाई रहेकाे छ। उनिहरुले भने, “मेयरले अाफै भित्र पसेर पुजारी सँगै गहना पहिराउने लगायत सबैकाम गर्न साेभनीय भएन। मन्दिरका कर्ताले यसाे गर्ने चलन थिएन।”
खाेटाङ, अाेखलढुँगा, साेलुखुम्बु जिल्लाहरुबाट भक्तजनहरुकाे घुँँईचाे लागेकाे मेलामा काठमाडाै, उदयपुर, सप्तरी, सिराहा लगायतका ठाउँहरुबाट श्रद्धालु भक्तजनकाे उपस्थिति रहेकाे थियाे। काेराेना कहरका कारण मेलाकाे बारेमा खास प्रचार प्रसार नगरेपनि करिब २० हजार तिर्थालु भक्तजनहरुकाे उपस्थिति रहेकाे विकास समितिले जनाएकाे छ।
विगतका बर्षहरु भन्दा फरक किसिमले व्यवस्थापन गरेर मेला संचालन गरिएकाे विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले जानकारी दिएका छन्। बाला चतुर्दशीमा विशेष गरेर अाफन्तहरु गुमाएका परिवारका सदस्यहरुले मृतककाे नाममा सदविज छर्ने । मृत अात्म तथा पितृकाे नाममा लाखबत्ति बाल्ने र पुजा अाराधाना गर्ने प्रचलन रहेकाे छ।


