दिरुमनपाका दुई नयाँ वडा कार्यालय भवन उद्घाटन

Halesi Khabar

हलेसी खबर
दिक्तेल, २७ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दुई वडाको वडाकार्यलय भवनको उद्घाटन भएको छ । नगरपालिकाको वडा नं १२ जालपा वडा न. १३ नुनथलाको वडा कार्यालयको निर्माण सम्पन्न भई उद्घाटन भएको हो ।

नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवि राईले संयुक्त रुपमा हिजो २६ मंसिर शुक्रबारका दिन वडा नं १३ नुनथलाको वडाकार्यलय भवनको उद्घाटन गरेका छन् । यस्तै शनिबार वडा नं १२ जालपाको भवन पनि हस्तान्तरण भएको छ । दुवै भवन निर्माण व्यवसायी प्रकाश नाछिरिङले गरेका हुन् ।

व्यवसायी नाछिरिङबाट चाबी बुझ्दै नगर प्रमुख रिजालले वडा कार्यलयलाई तालाचाँबी हस्तान्तरण गरेका छन् । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी नाछिरिङ्गले जालपास्थित खेलकुद विकास समितिलाई समितिको विकासका निम्ति ४५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन् ।

व्यवसायी नाछिरिङले कबर्डहल र म्याट प्रयोग गरेबापत नगर प्रमुख रिजालको हातबाट चेक उपलब्ध गराउँदै सो रकम उपलब्ध गराएका हुन् । वडा नं १२ जालपाका अध्यक्ष विकास राईले वडाकार्यालय आफ्नै जग्गामा निर्माण भएको र तत्काल नया भवनबाट सेवा सञ्चालन हुने जानकारी दिए ।

यस्तै, यता वडा नं १३ को वडा कार्यालय भवन निर्माण गर्न जग्गा उपलब्ध गराउनुहुने जग्गादाता महेन्द्रबहादुर राई, डम्बरबहादुर राई, मोतिचन्द्र राई, भक्तबहादुर राई र धर्मसुर राईलाई सम्मानपत्र सहित खादा ओडाएर सम्मान गरिएको छ । निर्माण व्यवसायी नाछिरिङ्ले भवनको ताला चाबी नगरलाई र नगर प्रमुख र उपप्रमुखले वडा नं १३ नुनथलाका वडाअध्यक्ष भीम राईलाई चाँबी हस्तान्तरण गरेका छन् ।

नुनथलामा समेत तत्काल कार्यलय नया भवनबाट सञ्चालन गर्ने तयारी रहेको वडाध्याक्ष राईले जानकारी दिएका छन् ।
यसैबीच, स्वास्थ्य चौकी बुइपा र वडा कार्यालय बुइपाको आयोजनामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । जेष्ठ नागरिक स्वास्थ कार्यक्रमको शुभारम्भ तथा निःशुल्क स्वास्थ्य शिविरको नगरप्रमुख रिजाल र उपप्रमुख राईले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया