सामाजिक सुरक्षा भत्ता प्रकरण : हचुवाको भरमा न्यायीक समितिको प्रतिवेदन

Halesi Khabar

हलेसी खबर
खोटाङ, २७ मंसिर । सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको विषयमा खोटाङको साकेला गाउँपालिकामा न्यायीक समितिले गरेको छानविनको प्रतिवेदन तथ्य रुपमा नआएको त्यहाँको जनप्रतिनिधि तथा सचिवहरुले बताएका छन् । सामाजिक सुरक्षा भक्ता वितरणमा पारदर्शी नभएको गुनासो आएपछि न्यायीक समितिले गरेको छानविनमा आफुहरुले सम्पुर्ण प्रमाण उपलब्ध गराएको भएपनि तोडमोड गरिएको उनीहरुको आरोप छ ।

प्रतिवेदन सार्वजनिक गर्नुअघि न्यायीक समितिले वडाअध्यक्ष र वडा सचिवहरुलाई लिखित स्पष्टिकरण र पुष्टिहुने प्रमाण पेश गर्न भनेकोमा आफुहरुले सम्पुण कागाजात बुझाएपनि हचुवाको भरमा प्रतिवेदन सार्वजनिक गरेको उनिहरुको आरोप छ । छानविन समितिले हालै बुझाएको प्रतिवेदनमा साकेला गाउँपालिकाको पाँच वडामा ८७ लाख बढी रकम हिनामिना भएको उल्लेख गरिएको छ ।
‘हामीले भत्ता बाँडेको प्रमाण सहित कागजात पेश गरेपनि हाम्रो कुनै पनि भनाई प्रतिवेदनमा समावेश गरिएन ।’ एकजना वडा सचिवले उनले भने, ‘व्यवहारिक रुपमा भत्ता बितरण गर्न हाम्रो गल्ति होला तर पाउनु पर्ने व्यक्तिलाई नै भक्ता दिईएको छ । त्यसलाई पनि त न्यायीक समितिले हेर्नु प¥यो नी ।’

त्यसो त आर्थिक वर्ष २०७६÷०७७ मा भत्ता वितरण गर्दा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम विभागको एमआईएस सिष्टममा ईन्ट्रि नभएको तर पहिलादेखि नै पट्टाको आधारमा भत्ता खाईरहेका लाभग्राहीहरुलाई मरेका र बसाईसराई गरेका लाभग्राहीहरुबाट भत्ता खुवाएर हिसाव मिलान गर्दै आएको एक सचिवले खुलासा गरेका छन् ।

वडा नम्बर १ बाँझेच्यानडाँडामा ४५ जना भन्दा बढी त्यस्ता व्यक्ति छन् तिनिहरुको भत्ता बुझ्ने लिष्टमा नामै छैन । तर उनिहरु विगत वर्षहरुदेखि नै ज्येष्ठ नागरिक परिचयपत्र र पट्टाको आधारमा भत्ता बुझ्दै आईरहेका छन् । हरेक चौमासिकमा वितरण गरिएको रकम बाँकी भएपछि मृतकहरुको नामबाटै त्यस्ता व्यक्तिहरुसँग हिसाव मिलान गर्दै आएको वडा सचिव होमनाथ खनालले बताए ।
उनि भन्छन्, ‘व्यवहारिक रुपमा हामीले गरेको कामप्रति न्यायीक समितिको प्रतिवेदन निरिह बन्यो’ । न्यायीक समितिको प्रतिवेदन आउनु अघिनै आफुहरुले लिखित स्पष्टिकरण सँगै फाल्टो भरपाई गरि रकम बुझाईएको प्रमाण समेत पेश गरेको भए पनि समितिले वेवास्ता गरी आफ्नो कुराहरुमात्र अघि सारेको खनालको गुनासो छ ।

साकेलाकै वडा नम्बर ४ मा ३७ जना भन्दा बढी त्यस्ता व्यक्ति छन् जुन वडा नम्बर १ सँग ठ्याक्कै मेल खान पुग्छ । सामाजिक सुरक्षा भत्ता खाने लाभग्राहीहरुको नामावली ईन्ट्रि र लगत कट्टा आफुलाई गर्न नआएपछि पट्टा लिएर आउने सबै लाभग्राहीहरुलाई रकम वितरण गरेको तत्कालिन वडा सचिव होमनाथ ढकालले बताए । तर त्यसरी रकम वितरण गरेपछि डायरिमै भएपनि दाँयाबाँया ल्याप्चे लगाएरमात्र रकम दिईएको उनको भनाई छ ।

उनले थपे, ‘म नयाँ वडा सचिव थिएँ, पुराना सचिवहरुले लगत कट्टा गरिदिएन आफुले जानिएन ।’ साकेलाकै अन्य वडाहरुमा पनि वडा नम्बर १ र ४ कै जस्तो गरी व्यवहारिक रुपमा भत्ता वितरण गरेको पाईएको छ, यस विषयमा थप छानविन गरि तथ्य प्रतिवेदन सार्वजनिक हुनुपर्ने वडा सचिवहरुको माग रहेको छ ।

उनिहरुले यदि केही त्यस्ता तलमाथी भएको पुष्टि भएमा कारबाही भोग्न तयार रहेको पनि बताएका छन् । अहिले प्रतिवेदनले कर्मचारीहरुमाथी जुन किसिमले प्रहार हुनेगरी प्रतिवेदन ल्याईयो यसको छानविन हुँदै जाँदा छानविन समितिका सदस्यहरु तथा न्यायीक समितिका पदाधिकारीहरु समेत ओभानो रहने छैनन् । उनिहरुकै निर्देशन र सल्लाहामा भत्ताहरु वितरण भएकाछन् । यो कुरा जनप्रतिनिधीहरुले समेत महसुस गर्नुपर्ने उनिहरुको भनाई रहेको छ ।

 

तपाईको प्रतिक्रिया