दुर्छिममा मेलमिलाप केन्द्रको गठन

Halesi Khabar

हलसी खबर
खोटाङ, २४ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ५ दुर्छिममा बुधबार सामुदायीक मेलमिलाप केन्द्र गठन भएको छ । नगरपालिकाकाी उपमेयर तथा न्यायीक समितिका प्रमुख बिमला राईको उपस्थितीमा भएको कार्यक्रमले वडाअध्यक्ष रमेश तिवारीको अध्यक्षतामा केन्द्र गठन गरेको हो ।
हलेसि तुवाचुङ नगरपालिका न्यायीक समितिको आयोजनामा भएको केन्द्र गठन तथा अन्तरकृया कार्यक्रममा रेनुका राई, प्रतिमा राई, कुवेर राई र रोमबहादुर राई सदस्य रहेको समिति बनेको छ ।
केन्द्रको सदस्य सचिवमा भने वडा कार्यालयको सचिब सञ्जय रेग्मी रहने छन् ।

यहि कार्यक्रमको मेसो पारेर दुर्छिममा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गरिएको उपमेयर बिमला राई जानकारी दिएकी छन् । उनले गाउँघरमा हुने सानातिना विवादहरुलाई आपसी छलफल र समझदारीमा मेलमिलाप गराउने गरि केन्द्रको गठन भएको जानकारी दिइन् । साना साना विवादको विषयलाई प्रहरी प्रशासन गुहार्ने चलनले थप समस्या र आवेगहरु थपिने भन्दै यस्ता समस्यालाई गाउँमै हल गरिने उनको भनाई रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया