बौध दर्शनबारे जानकारी दिन बौध शिक्षा सदन बाक्सिलामा

Halesi Khabar

हलेसी खबर
खोटाङ, २४ मंसिर । जिल्लाको केपिलासगढी गाउँपालिका ४ बाक्सिलामा बौध शिक्षा सदन खुल्ने भएको छ । स्थानीय भिमकेसर गुरुङ र कर्णबहादुर गुरुङको संयुक्त पहलमा बौध दर्शनकोबारेमा जानकारी दिने उदेश्यका साथ बौध शिक्षा सदन संचालन गर्न लागिएको हो ।
मंगलबार बाक्सिलाको जरङ्खा गुरुङ गाउँमा शिक्षा सदनको लागि बौध धर्मका प्रमुख लामा पढाएर भवनको समेत शिलान्यास गरिएको छ । प्रतिनिधी सभा सदस्य सांसद विशाल भट्टराई र १ नम्बर प्रदेश सभा सदस्य राजन राई नेपाल सरकारका गुम्बा व्यवस्थापन समितिका पुर्व उपाध्याक्ष कर्ण घलेले संयुक्त रुपमा शिक्षा सदनको भवन शिलान्यास गरेका हुन् ।

केपीलासगढीको अस्पताल भवनको नजिकै गुरुङपरिवारको जग्गामा बन्ने शिक्षा सदनमा बौधधर्मका ग्रन्थहरु रहने छ । साथै बौध दर्शनका बारेमा शिक्षा दिक्षा दिईनेगरी यसको व्यवस्थापन हुने कर्णबहादुर गुरुङले जानकारी दिएका छन् ।

जीवनको उतरार्धमा मानिसले शान्तिको चाहाना राख्ने भएकाले शान्तीको कामना गर्दै दार्शनीक जीवन ज्ञान आर्जन गर्न सकिने भएकाले शिक्षा सदनको आवश्यकता रहेको गुरुङको भनाई रहेको छ । प्रमुख लामा नवराज लामाले विधिपुर्वक पुजापाठ गर्दै भवनको शिलान्यास भएको थियो । १०८ बाती बालेर विश्व शान्तिको कामना गर्दै भएको कार्यक्रममा आम गुरुङ समुदायले भेटिपाती चढाएर शुभ मंगलको कामना गरेका थिए ।

तपाईको प्रतिक्रिया