भिम राई
खोटाङ । खोटाङ जिल्लाको १० वटा स्थानीय तहमध्ये बेला बेलामा चर्चामा आउने गरेको गाउँपालिका भित्र पर्छ साकेला गाउँ पालिका । गाउँपालिका आफ्नै कारणले चर्चामा आउने भन्दा पनि यस गाउँपालिकाको वडा नं ४ मात्तिमका वडा अध्यक्षको कारणले बढी गाउँपालिकाको चर्चा हुने गरेको छ ।
कहिले के को बाहानामा कहिले केको घटनामा उसै जिल्लामा चर्चा परिचर्चा चलिनै रहन्छ । पछिल्लो समयमा फेरी त्यस्तै चर्चा कमाउन सफल छ यो गाउँपालिकाको वडा नं ४ मात्तिम । साविकको मात्तिम गाउँ विकास समितिलाई विभाजन गरेर हाल मात्तिममा पालिकाको दुईवटा वडा बनाइएको छ ।
साकेला गाउँपालिका वडा नं ४ वडा नं ५ । यही वडा नं ४ मा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण भट्टराईले निर्वाचन जितेर वडाअध्य भए । उनै वडाअध्यक्ष भट्टराई रहेको वडामा कहिले सामाजिक सुरक्षाभत्तामा अनियमितता भेटिन्छ । कहिले वडाले दिने शिफारिसनै राकेको कथा सुनिन्छ । अहिले पछिल्लो समयमा सामाजिक सञ्जालमा फेरी अर्को चर्चाको विषय बनेको छ २७ लाखको स्वास्थ्य कार्यालयको भवनको कथा ।
साकेला गाउँपालिकाको वडा नं ४ मा बनेको स्वास्थ्य कार्यालयको भवन झट्ट हेर्दा सरकारले भूकम्प प्राधिकरणबाट पिडितहरुलाई दिएको अनुदानबाट बनेको भूकम्प पिडितको घर होकी जस्तो देखिन्छ । एक तले भवन छ जस्ताको छाना हालिएका छन् । भित्तालाई ताछेर ग्राउण्ड सम्याएर बनाएको भवन फोटोमा हेर्दा सन्तुष्टि मिल्ने कुनै ठाउँ छैन ।
सामाजिक सञ्जालहरुमा आएका कमेन्टहरु हेर्दा पाच्य काम जस्तो पटक्कै लाग्दैन । त्यहाँका स्थानीय जन प्रतिनिधी तथा कर्मचारीको दावि हेर्न हो भने चाँही फेरीपनि त्यहाँ घोटला भन्ने भएकै छैन । सबै काम सबका सब ठिक ठाक छ । तर फेरी काम हे¥यो चिज कहिँ न कहिँ बिग्रेको भने पक्कै छ । केही न केही गडबढ भएकै हो भन्ने ठाउँमा पुग्न सकिन्छ ।
कथा शुरु हुन्छ आर्थिक बर्ष ०७५÷०७६ बाट । यस आर्थिक बर्ष भित्र साकेला गाउँपालिका वडा नं ४ मा स्वास्थ्य कार्यलय भवन निर्माण गर्ने आयोजना बन्यो । यस योजनाका लागि जम्मा २० लाख ५५ हजार रुपैया विनियोजन भएको थियो । साकेला गाउँपालिका उपाध्याक्ष सरिता खड्काका अनुसार सो बजेट बाट ५ लाख रुपैया कर्मचारी प्रशासनमा खर्च गरियो । बाँकी १५ लाख ५५ हजारले अस्पताल भवन निर्माण गर्न ग्राउण्ड खन्ने सम्याउने, रिटेनिङ वाल लगाउने र डिपिसि लेबल सम्म जग बनाउने काम भयो । यो आर्थिक वर्षमा उपभोक्ता समितिले यतिनै काम गरेको योजना पास भयो ।
काम अधुरो नै भएपछि फेरी आर्थिक वर्ष ०७६÷०७७ मा यहि योजना सम्पन्न गर्न फेरी १७ लाख ९६ हजार रुपैया विनियोजन भयो । रकम छुट्टिएपछि वडाअध्यक्षको उपस्थिततिमा स्थानीय एकराज खड्का योजना उपभोक्ता समितिका अध्यक्ष बने । विनियोजित रकम मध्येबाट ४ प्रतिशतका दरले कन्टीजेन्सि कटाएर करिब १६ लाखबढी रकमले सो अस्पताल भवन बनाईएको उपाध्याक्ष खड्काले जानकारी दिएकी छन् । यदी उपाध्याक्ष खड्काले भनेको कुरालाई सहि मान्ने हो भने आर्थिक दुई आर्थिक वर्षको रकम जोडेर यो भवन निर्माण सम्पन्न भईसक्दा ३८ लाख ५१ हजार रुपैयाँ लागत पुगेको छ ।
भवनको कुरा गरौँ । साकेला गाउँपालिकाका इन्जिनियर आशिस राईका अनुसार यो भवनको लम्बाई ३३.५ फिट र चौडाई २३ फिट रहेको छ । जम्मा १२ वटा पिलर रहेको भवनमा ४ वटा कोठा रहेको छ । जस्मा दुईवटा ठुला कोठाहरु रहेका छन् । एउटा ल्याब रुमका लागि ११ फिट चौडाई र २१.७ फिट लम्बाई र अर्को बेड रुमका लागि ९ फिट चौडाई, २१.७ फिट लम्बाई रहेको छ । यस्तै अर्को दुईवटा साना १० फिट चौडाई ११.४ फिट लम्बाई र १० फिट चौडाई १०.२ फिट लम्बाई भएका कोठाहरु रहेका छन् । यसको छाना भने जस्ताको लगाईएको छ ।
स्थलगत निरिक्षण पछि इन्जिनियर राईले यसमा कुनै समस्या नरहेको बताएका छन् । यता गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले भने स्टामेट अनुसार नै काम भएको भन्ने वडाअध्यक्ष कृष्ण भट्टराईको सिफारिस र योजनाको अनुगमनमा गएको जिम्मा पाएका उपाध्याक्ष खड्काको सिफारिसका आधारमा फस्र्यौट भएको बताउँछन् । उपाध्याक्ष सरिता खड्काले भने अनुगमनमा आफु सम्बन्धित वडाकै भएकाले नगएको आफ्नो ठाउँमा वडा नं ३ का वडाअध्यक्ष शिवकला राईलाई पठाएको दावि गरेकी छन् । उपाध्याक्ष खड्काले भने भवनमा पाँचकोठा रहेको र बरण्डा समेत निकालेको बताउँछिन् ।
उता पालिका अध्यक्ष अर्जुन खड्काले भने स्वास्थ्य कार्यलयको भवनको बारेमा सामाजि सञ्जालहरुमा आलोचना आएपछि आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले तत्काल यसको अनुगमन गरि केही कमजोरीहरु भएको भए तत्काल कमजोरी गर्ने जो कोहीलाई पनि नछाडिने बताए ।
यस्तो छ भवनको नक्सा :



