हलेसी खबर
खोटाङ, १९ मंसिर । जिल्लाको खोटेहाङ गाउँपालिकाले पालिकाभित्र संचालन गरिने विभिन्न आयोजनाहरु संचालनको प्रकृयाहरुको बारेमा जानकारी गराउन अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । पालिका भित्रका उपभोक्ता समितिका पदाधिकारीहरुलाई सहभागी गराएर एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
आयोजनाको कामलाई निर्धारित समय भित्र सम्पन्न गराउन तथा गुणस्तरीय काम गर्न आवश्यक प्रकृयाको बारेमा गाउँपालिकाले बिहिबार २० वटा योजनाका उपभोक्ता समितिलाई अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागि गराएको थियो । अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७५ अनुशार आयोजनाको उपभोक्ता समिति गठनदेखि योजना फस्र्योटको समय सम्मका प्रकृयाका बारेमा जानकारी दिइएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले जानकारी दिएका छन् ।
कार्यक्रममा गाउँपालिकाका प्राविधिक शाखाका ईन्जिनियर राजु भट्टराईले योजनाको लगत स्टीमेट, रनिङ बिल, कामको गुणस्तर परिणाम, जाँचपास र कार्य सम्पन्न प्रतिबेदनका बारेमा उपभोक्ता समितिलाई जानकारी गराए । यस्तै लेखा शाखाका जीवन फुयाँलले उपभोक्ता समितिको खाता सञ्चालन सम्वन्धी प्रकृया, पेश्की तथा अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजात, बिल भर्पाई लगायतका बारेमा जानकारी गराएका थिए ।
योजना सम्झौता, अभिलेखन व्यवस्थापन, बैठक माइन्यूट व्यवस्थापन र उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधिको अनूसुची ३, ४, ५ र ६ का बारेमा योजना शाखाका प्यास्पी राईले जानकारी दिए । यस्तै आलेप शाखाका योगेश श्रेष्ठले लेखा परिक्षण र सूचना सम्वन्धी विधि र प्रक्रियाका बारेमा बताएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, अनुगमन तथा सुपरिवेक्षण, सामाजिक परिक्षण र होर्डिङबोर्डका बारेमा उपभोक्ता समितिलाई अथ्र्याएको गाउँपालिकाले जनाएको छ ।
योजना संचालनको प्रकृया सम्बन्धि उपभोक्ता समितिलाई तालिम
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
- २. हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु
- ३. दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
- ४. बालकोटको भेट र स्मृतिमा ओली
- ५. आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
- ६. ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग


