अपाङ्ग दिवसकाे अवसरमा परिचयपत्र वितरण

Halesi Khabar

हलेसी खबर
खाेटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा २७ अाैँ अन्तरास्ट्रिय अपांग दिबसको अबसर पारेर अपाङ्ग परिचयपत्र वितरण गरिएकाे छ। हलेसी तुवाचुङ नगरपालिकाकाे घुम्ति टाेलीले डिकुवाकाे दाम्ली पुगेर अपाङ्ग परिचय पत्र लगायत विभिन्न सामग्रीहरु वितरण गरेकाे हाे।

हलेसी तुवाचुङ नगरपालिका महिला तथा बालबालिका शाखाकाे अायाेजनामा भएकाे कार्यक्रममा १४ जनालाई अपाङ्गताकाे परिचयपत्र बितरण गरिएकाे छ। नगरपािलकाकाे उपमेयर बिमला राईकाे प्रमुख अाथित्यतामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे समेत कार्यक्रम गरिएकाे थियाे ।

यस्तै किशोरीहरुका लागि मासिक श्रावकाे बेला अावश्यक पर्ने घरेलु स्यानीटरि प्याड नि:शुल्क बितरण गरिएकाे छ। विद्यालयलाई हिल्टेङ्क र ह्यान्डवास समेत उपलब्ध गराईएकाे कार्यक्रममा नगरपालिकाका निमित्त कार्यलय प्रमुख रवीकिरण अाचार्य, महिला तथा बालबालिका शाखा संयाेजक ईरन राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया