हलेसी खबर
खोटाङ, १८ मंसिर । नेपाल सरकारले शसस्त्र द्धन्द, ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनहरुमा घाईते तथा अपाङग भएकाहरुलाई पुःनश्च निवेदन दिन आव्हान गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले आज बिहिबार एक सूचना प्रकाशित गरेर छुट भएका कोही भएमा आवेदन दिन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङका साहायक प्रमुख जिल्ला अधिकारी विवेक श्रेष्ठद्धारा हस्ताक्षर गरिएको सूचनामा शसस्त्र द्धन्द, ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनहरुमा घाईते तथा अपाङग भएकाहरुको विवरण संकलन एवं पहिचान गर्न विभिन्न समयमा बनेका कार्यदलहरुको गठन भएको उल्लेख छ । उक्त कार्यदलहरुको प्रतिवेदन तथा सिफारिसको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह वृत्ति उपलब्ध गराईरहेकोले कोही छुट भएमा निवेदन गर्न आग्रह गरिएको छ ।
सूचनामा सरकारले यी यस्ता आन्दोलनहरुमा परेका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरवोलकन कार्यविधि २०७४ को दफा ३ बमोजिम यस जिल्लामा पनि सेवा उपलब्ध भईरहेको जानकारी दिँदै अझै वास्तविक पिडितहरु कोही छुटेका भएमा सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।
आन्दोलनका घाईते तथा अपाङगलाई छुट निवेदन दिन प्रशासनको आग्रह
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
- २. हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु
- ३. दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
- ४. बालकोटको भेट र स्मृतिमा ओली
- ५. आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
- ६. ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग


