भवन निर्माणको अनुगमनमा मेयरको टोली

Halesi Khabar

हलेसी खबर
खोटाङ, १७ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल सहित नगरको टोलि नवनिर्मित वडा कार्यालय भवनहरुको अनुगमन तथा निरिक्षणका लागि निस्किएका छन् । रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथला र वडा नम्बर १३ जालपामा निर्माण चरण सकिसकेको भवनको अनुगमन तथा निरिक्षणमा मेयर रिजाल सहितको टोली पुगको हो ।
निरिक्षणका क्रममा दुवै वडाको वडा कार्यालयको निर्माणकार्य सम्पन्न भईसकेको पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायाण रिजालले जानकारी दिएका छन् । केही सामन्य कुराहरुको पुन मर्मत तथा निर्माण पछि तत्काल वडा कार्यालयहरु संचालनमा ल्याउन सकिने गरी काम निर्माण सम्पन्न भईसेकेको पाइएको उनको भनाई रहेको छ ।
निरिक्षण अनुगमनका क्रममै मेयर रिजाल सहितको टोलिले नगरपालिकाको वडा नम्बर १२ को जालपा उच्च मावि र ज्योति माविको समेत अवलोकन गरेका छन् । कोभिड १९ को संक्रमण बढेसँगै बन्द भएको शैक्षिक संस्था खुलाउने निर्णय भएपछि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड रहे नरहेको अनुगमन गरिएको मेयर रिजालले जानकारी दिए ।
अनुगमनका क्रममा वडा नं १३ का वडा अध्यक्ष भिम राई, वडा नं १२ का वडा अध्यक्ष विकास राई लगायतका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल लगायतको प्राविधिक टोलि समेत अनुगमनमा गएको हो ।यस्तै सामान्य सुधारपछि आगामी मंसिर २६ गते नुनथलाको वडा कार्यालय भवन उद्यघाटन र २७ गते जालपा वडा कार्यालयको उद्घाटन समेत गरिने तय भएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया