निर्विकार सरको भावुक पोष्ट, प्रअबाट अवकाश पाउन एकहप्ता बाँकी

Halesi Khabar

हलेसी डेक्स
खोटाङ, ११ मंसिर । धिप्लुङ माध्यामिक विद्यालय सप्तेश्वर छितापोखरी सेम्माका प्रधानाध्यापक नरेन्द्र निर्विकारले आफ्नो लामो समयको शिक्षण पेसाबाट विदा लिने बेला भएको भन्दै सामाजिक सञ्जाल मार्फत भावुक विचार लेखेका छन् । आगामी मंसिर १९ गते उमेरका हदको कारण विद्यालयबाट अनिवार्य अवकाश लिन लागेका निर्विकारले धिप्लुङ माविमा लामो समय देखि निरन्तर प्रधानाध्यापकको भुमिकामा शिक्षण सेवा गर्दै आएका छन् ।
आफ्नो सेवा अवधि सकिन एक महिना अगाडि एउटा भावकु स्टाटस लेख्दै प्रअ निर्विकारले आफुले विद्यालय छाड्न लागेको जानकारी दिएका थिए । उनले नोभेम्बर ४ तारिख अर्थात कात्तिक १९ गते आफ्नो फेसबुक वालमा ‘आजको मिति बाट ठिक १ महिना छ मैले अनिबार्य अबकास लिने दिन’ भनेर लेखेका थिए । उनको स्टाटस आएपछि उनका थुप्रै विद्यार्थी तथा शुभचिन्तक हरुले बाँकी जविनको शुभकामना दिएका छन् । उनले आफ्नोृ उमेरमा गडबडी भएको पनि खुलाएका छन् ‘हुन त मेरो जन्म बैशाख ४ मा भएको हो । चिनामा पनि यहि छ । तर एस एल सि दिने बेलामा उमेर नपुगेको ले बिधालय ले बढाएर मंसिर २० गरिदिएछ । डकुमेनटसहरुमा यहि कायम भयो ।’ उहाँले आफु २२ बर्षको उमेरदेखी यस क्षेत्रमा लागेको स्मरण गर्दै ३६ बर्ष सम्म अनवरत रुपमा लागी रहेको पेशाबाट बाहिरिदाँ कस्तो अनुभव हुँदा हुन् भन्ने मनमा लागेको पनि उल्लेख गर्नु भएको छ ।
जीवनमा धेरै उतार चढाव भोग्नु भएका निर्विकार शिक्षण पेसामा आवद्ध भएर साहित्यको क्षेत्रमा समेत स्थापित व्यक्ति हुन् । उहाँले ‘पानीको कुनै रंग हुँदैन’ कविता संग्रह (२०६०), फूल झरेपछि स्मारिका गजल संग्रह (२०६८(, सहकार्य गीति एल्वम (२०६७) गोपालचन्द्र राई सग संयुक्त सहकार्यमा, र आँशु झरेकै राम्रो गीत संग्रह (२०७५) कृतिहरु प्रकाशित छन् ।
शिक्षण पेसाबाट अनिवार्य अवकाश पाउन मात्र एकहप्ता बाँकी छँदा उनले निकै मर्मस्पर्शी भावना सहित विद्यालयको तस्विर सहित मनछुने अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका छन् । उनको यो अनुभुतीले बाँकी कामको बारेमा त यसै जिम्मेवार बनाउँछन नै । शिक्षण पेसा के हो ? र यो पेशाबाट के पाईन्छ भन्ने कुराको समेत छोटो समिक्षा तथा टिप्पणी उनले लेखेका छन् ।

dhiplung ma vi
उनले विद्यालयको तस्विर राखदै भनेका छन्, ‘यो मेरो कर्मथलो, सान्त, सुरम्य र मनोहर । सायद यसैको मनोहारिताले बिमुग्ध म भुलें बर्स सम्म, भुलें समयलाई र डुबें शिक्षण कर्ममा । कर्ममा डुब्दा डुब्दै मैले सधैं बिधालयलाई मन्दिर मानें, बालबालिकाहरुलाई तेत्तिस्कोटी देवता मानें र शिक्षण कर्मलाइ पुजा मानें । यसैको पुजा आरधनामा समय बितेको पत्तै भयन । आज लाग्छ केही गुमायं कि? तर हैन केही ब्यबहारिक ज्ञान पनि पाएको छु जस्तो कि :-
१, शिक्षण पेशा पेशा मात्र हैन, यो सामाजिक सेवा पनि हो ।
२, कुनैपनि व्यक्ती जतिसुकै सक्षम र योग्य भएपनी सेवाभाव छैन भने उ असल शिक्षक बन्न सक्दैन ।
३, असल शिक्षक बन्नलाइ सबैभन्दा पहिले असल ब्यक्ती बन्नुपर्छ ।
४, शिक्षक समाजको अनुशरणीय अगुवा हो । उस्ले भनेको भन्दा गरेको चाहिँ बालबालिकाले सिकिरहेका हुन्छन् ।
५, शिक्षा दिनेलाइ शिक्षक भनिएको छ । यद्यपि अनौपचारिकरुपमा हेर्ने हो भने सबै व्यक्ती शिक्षक हुन् । आमाबाबु छोराछोरिको शिक्षक, अग्रज अनुजको शिक्षक, नेता कार्यकर्ताको शिक्षक, प्रशाशक कर्मचारिको शिक्षक, वरिष्ठ कनिष्ठ को शिक्षक आदि । के बुद्ध शिक्षक हैनन र? अबस्य उनी एक राम्रो शिक्षक थिए र नै संसारलाई ज्ञान र सन्देश बाँढ्न सके । यस अर्थमा राम, कृष्ण, बुद्ध, क्राइस्ट, माक्र्स, गान्धी सबै सिक्षक हुन । कुरा कति मात्र हो भने सिकाउनेले अरुलाइ सिकाइरहेको कुरा आफुले चाहिँ गरिरहेको छ कि छैन? ‘भन्छ एउटा गर्छ अर्को’ भने उ शिक्षक हैन । लेखेका छन् ।
उनले थप्छन, ‘जहाँसम्म सेवासुबिधाको, अबसर र पहुँचको वा शुभलाभ र सम्पन्नता को कुरा छ, त्यो चाहानेले चाहिँ यो पेशामा प्रबेस नगर्नु नै राम्रो । अं यो पेशामा अलिकती स्वाभिमान चैं बचाउन सकिन्छ । सेवाभाव भएको मान्छेले मात्र यो पेशामा प्रबेश गर्नु राम्रो ।’
र अन्त्यमा यस्ता लेख्छन् उनी, ‘यी मेरा दिव्य ज्ञानका कुरा हैनन, सबैले अनुभुत गरेका कुरा हुन । सबैको अनुभुतिमा मेरो अनुभूति मिसाउन खोजेको मात्र हो । अस्तु’
लेखिएको यति नै हो ।

तपाईको प्रतिक्रिया