हलेसी खबर
काठमाडौं, १० मंसिर । गोपाल किराती साईलाले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ । केही समय अगाडि पार्टीको असाधारण विज्ञप्ती जारी गर्दै सबै तहका समितिहरुको विगठन गरेको माओवादी केन्द्रको अर्को समान्नतर पार्टी बनेको हो ।
सो पार्टीका अकौ नेता कर्णजीत बुडाथोकीले हिजो मंगलबार मात्र नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दै नया केन्द्रीय समितिको घोषणा गरेका हुन् । उनि माओवादी केन्द्रका महासचिव हुन् । यता किराती नेतृत्वको नेकपा माओवादी केन्द्रले भने आज बुधबार पार्टी पुर्नगठनको महाअभियानको घोषणा गदै केन्द्रिय समितिको बैठक सम्पन्न भएको जनाएको छ ।
केही समय अगाडि माओवादी केन्द्रका अध्यक्ष किरातीले पार्टीमा असाधारण विज्ञप्ती जारी गर्दै पुर्नगठन अभियानमा लाग्न निर्देश गदै सबै समितिहरु भंग गरेका थिए । सबै समितिहरु भंग गरेर आफु पुर्नगठन अभियानको अध्यक्ष रहेर विज्ञप्ती जारी गरेका थिए ।
पार्टीको पोलिटव्युरो समितिमा किरातीले पार्टीं लाईनभन्दा फरक विचार सार्वजनिक गरेको बारे व्यापक आलोचना भएपनि उनले अध्यक्ष पद समेत छाडेको चर्चा सामाजिक सञ्जालहरुमा आएको थियो ।


